काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ले ठूलो कम्युनिष्ट पार्टी बनाएर जनताको विकास र समृद्धिको चहानाहरुलाई अगाडि बढाउन खोजे पनि पार्टीकै नेताहरुका कारण अधुरो रहेको बताएका छन् । ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चको धुमबाराहीमा भएको पूर्नगठन भेलालाई सम्बोधन गर्दै ७२ वर्षको इतिहासमा नेपालमा पहिलो ठूलो कम्युनिष्ट पार्टी बनेको र उक्त पार्टीको बहुमतको सरकारले देशलाई विकास र स्थिरतातर्फ लैजादै गर्दा अवरोध भएको बताएका हुन् ।
मन्त्री नेम्बाङ्ले सरकारले ५ लाख युवालाई रोजगार सृजना गर्ने लक्ष्य राखेको बताए । उनले पार्टीको घोषणा पत्र अनुरुप सरकारले काम गरेका समेत बताए । उनले देशभर यो आर्थिक बर्षमा डेढलाख फुसको छाना हटाइने र तीन बर्षभित्र देशका सबै फुसको छाना हटाइसकिने बताए ।
अर्को एक प्रसंगमा मन्त्री नेम्बाङले पूर्वमन्त्री योगेशकुमार भट्टराईलाई संकेत गर्दैे कसैसकैले ताप्लेजुङलाई मिसिङ गरेको समेत बताए। नेम्बाङ्ले विभाजनकारी खेमामा लागेर उल्टै सरकारको विरोध गर्न थालेको समेत उल्लेख गरे ।
उनले प्रधानमन्त्रीले ताप्लेजुङमा पुगेर जनतालाई भोट माग्दै भट्टराई योग्य मान्छे रहेको बताएको समेत स्मरण गराए । उनले भने, ‘ताप्लेजुङवासीले सम्मान र माया गर्नुभयो समृद्ध नेपाल सुखी नेपाली बनाउने चाहाना व्यक्त गर्नु भयो तर उहाँ सरकारकाविरुद्ध लाग्नुभयो ।’
त्यस्तै प्रदेश नं. १ सम्पर्क कमिटीका अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य इन्द्र भण्डारीले प्रधानमन्त्री एककिृत पार्टी बनाउन अभियान सुरु भएर सुरुमा एउटै चुनाव चिन्हमा लडौ भन्दा भिन्नाभिन्नै चिन्हमा लडेको बताए । उनले सरकार गठनको बेलामा मन्त्रीको नाम दिने क्रमदेखि नै खोचे थाप्न भएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया