‘लोकतन्त्रको आवरणमा लुटतन्त्र हावी’ – कमल थापा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्वसत्तावाद कायम भएको बताएका छन्।

१४ वर्ष अघि नयाँ नेपाल निर्माणको नाममा राजसंस्था र हिन्दुराष्ट्र समाप्त गरियो र देशले धान्न नसक्ने संरचना कायम गरेका कारण यो अवस्था आएको उनको भनाइ छ ।

चुनाव चिन्ह र झण्डा अनावरण कार्यक्रमलाई आज दमौलीमा सम्बोधन गर्दै थापाले धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति माथि आक्रमण भैरहेको भन्दै आपत्ती प्रकट गरे । थापाले देश अभिभावक विहिन भएको, बिदेशीको चलखेल बढेको, भ्रष्टाचार र कुशासन हावी भएको भन्दै यो संकटबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उपयुक्त हुने बिचार ब्यक्त गरे ।

‘सम्वर्द्धनवाद’को धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नको निमित्त राप्रपालाई बलियो बनाउनु पर्नेमा जोड दिदै उनले पार्टीलाई राष्ट्रवादी/प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा सबैको सहयोगको अपेक्षा गरेको बताए ।

वाईडबढी,तेत्तीस क्विन्टल सुन, एनसेल कर ,बालुवाटार जग्गा प्रकरण जस्ता ब्रम्हलुटको ज्वलन्त नमुना भएको भन्दै थापाले संसद विघटनको घटनाबाट संविधान र संबैधानिक ब्यबस्थामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको समेत स्पष्ट पारे।

पार्टी एकतापछि राप्रपाको चुनाब चिन्ह हलो कायम गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?