‘प्रधानमन्त्रीले संविधानको मर्ममा छुरा हाने’- बिरोध खतिवडा

काठमाडौँ- नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडाले प्रधानमन्त्रीले संविधानमै उल्लेख नभएको अधिकार प्रयोग गरि संसद भंग गरेर संविधानमा छुरा हानेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी नेकपा थाहा नगरको बिस्तारित बैठकमा प्रमुख अतिथि खतिवडाले आफ्नै पार्टी भित्र समेत सर्वसम्मत हुन नसक्ने मान्छे राजनेता नहुने भएकोले हाल प्रधानमन्त्रीले बोलेको कुराको पछि नलाग्न कार्यकर्ताहरुलाइ अनुरोध गरे ।

नेकपा थाहा नगर कमिटि अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा भएको बैठकमा नेकपा बागमती प्रदेश कमिटी सचिवालय सदस्य बिष्णु बिष्ट, सदस्य महेश्वर सुबेदी, मकवानपुर जिल्ला कमिटि सचिवालय सदस्य तथा संगठन बिभाग सहसंयोजक कमान सिं पाख्रीन, जिल्ला कमिटि सचिवालय सदस्य तथा थाहा नगर इन्चार्ज बिष्णु प्रसाद ढकाल, जिल्ला कमिटि सदस्य तथा थाहा नगर सह इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला सदस्यहरु कल्याणबिक्रम घलान, जयराम रायमाझी, थाहा नगर सचिवालय सदस्य कल्पना बलामी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
बक्ताहरुले प्रधानमन्त्रीले संबिधानमै नभएको काम गरि जनतामा भ्रम छरेकाले अब सत्य र न्यायको पक्षमा लाग्न कार्यकर्ताहरुमा अनुरोध गरे ।

बैठकमा नेकपा मकवानपुर जिल्ला कमिटि सचिवालय लवशेर बिष्ट, जिल्ला सदस्य तारा सिन्तान, गौतम बुद्ध लामा, ईश्वर लाल रुम्बा, किरणमान बल लगायतको उपस्थिति रहेको थियो ।

थाहा नगर कमिटि सचिब सानोकाजी गोपालीले संचालन गरेको कार्यक्रममा थाहा नगर कमिटी सचिवालय सदस्य बिनोद कुमार लामाले स्वागत मन्तब्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?