प्रधानमन्त्रीको सभामा गएर निर्मला पन्तलाई न्याय माग्दा…

काठमाडौँ- सुदूरपश्चिमको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभाबाट युवाहरू पक्राउ परेका छन् ।

नेकपाको ओली पक्षको सुदूरपश्चिम स्तरीय आमसभामा प्रहरीले ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएर उपस्थित भएका युवाहरुलाई पक्राउ गरेको हो ।

युवाहरुले निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएर बिरोध जनाएका ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, कैलालीको जिम्मा लगाएको छ ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवाहरुलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन्। देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत् शान्तिपूर्ण प्रर्दशनमा रहेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको टिप्पणी गरेका छन्।

‘धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनीय छ‚’ देउवाले लेखेका छन्‚ ‘दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य र मान्यताविपरीत हो। पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?