भारतमा कोरोना संक्रमितको संख्या एक करोड चार लाख १३ हजार नाघ्यो

RSS
0
Shares

नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आज (शुक्रवार)सम्म एक करोड चार लाख १३ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ३४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख १३ हजार ४१७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रवार बिहान जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २३४ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५० हजार ५७० जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा एक करोड १६ हजार ८५९ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख २५ हजार ४४९ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा हिजो (बिहीवार) ४८६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १९ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ६४४ भन्दा बढीको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतवारसम्म देशभर १७ करोड ९३ लाख ३६ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो बिहीवार एक दिनमा नौ लाख ३५ हजार ३६९ जनाको कोभिड–१९ परीक्षण गरेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?