यस वर्ष पानको सम्मान पुरस्कार वरिष्ठ छातिरोग विशेषज्ञ डा. गौरी शंकरलाल दासलाई

काठमाडौं । नेपाल जनप्रशासन संघ (पान) को स्व. हेमबहादुर मल्लको सम्मान पुरस्कार वरिष्ठ छातिरोग विशेषज्ञ डा. गौरी शंकरलाल दासलाई प्रदान गर्ने भएको छ ।

२ लाख रुपैयाँ राशि र सम्मानपत्र रहेको सो पुरस्कार शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवम् सरकारी तथा गैर सरकारी क्षेत्रमा अतुलनिय योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रदान गर्दै आएको छ ।

वरिष्ठ छातिरोग विशेषज्ञ डा. गौरी शंकर लाल दास हाल ९६ वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय छन् ।

भारतको पटना विश्वविद्यालय र लण्डनको वेल्स नेसनल स्कूल अफ मेडिसीन बाट आफ्नो पढाइ पूरा गरेका डा. दासले बीर अस्पतालदेखी स्वास्थ्य सेवा आरम्भ गरेका हुन् राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै सो पुरस्कार द्वारा सम्मान गर्न लागिएको हो ।

२०७५ सालको उक्त धनराशिको यो पुरस्कार अहिलेसम्म १५ जनाले प्राप्त गरिसकेका छन् भने डाक्टर दास यो पुरस्कार प्राप्त गर्ने १६ औँ व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?