नेपालमा २ लाख ५७ हजार बढीले जिते कोरोना, कति छन क्वारेन्टाइनमा ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८५ कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९०९ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २१ रहेको छ ।

अहिलेसम्म नेपालमा १९ लाख ७४ हजार ५६१ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३३८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?