आइएमई जनरल इन्स्योरेन्सको ब्राण्ड एम्बास्डरमा मनिषा कोइराला

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्राण्ड एम्बास्डरमा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त वलिउड नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन् ।

ब्राण्ड एम्बास्डर कोइरालाको सहकार्यले कम्पनीेको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए । साथै श्रेष्ठले नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेको व्यक्तिलाई ब्रान्ड एम्बास्डर नियुक्त गर्न पाउनु खुशीको बिषय भएको बताए ।

उक्त कार्यक्रममा श्रेष्ठले नेपाली बीमा बजारमा उत्कृष्ठ सेवा प्रदान गर्दै निरन्तर अगाडी बढि रहेको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवामा परिस्कृत गर्दै उच्च कोटीको सेवा सहित डिजिटलको माध्यमबाट सेवामा विविधता ल्याइने जानकारी गराए ।

त्यसै गरी उक्त कार्यक्रममा अन्तराष्ट्रिय रुपमा चर्चित वलिउड नायिका कोइरालाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड एम्बास्डर भएर काम गर्न पाउँदा आफूलाई खुशी लगेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ठ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?