नयाँ वर्षदेखि चीनको अर्को कदम : धार्मिक स्वतन्त्रतामाथि प्रहार गर्न नयाँ नियम

नयाँ दिल्ली । विगतका केही वर्षदेखि शी जिनपिङ नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले धार्मिक विश्‍वास र स्वतन्त्रतामाथि प्रहार गर्न आक्रामक नयाँ नियमहरु ल्याएको छ ।

चीनले धार्मिक मामिलामाहरुमा विदेशी प्रभावलाई सीमित तुल्याउन विभिन्‍न नियमहरु ल्याएको छ । यसको उद्देश्य धर्मलाई जबरजस्ती नियन्त्रणमा लिने र धार्मिक संस्थालाई सीसीपीको विचारधारा अनुरुप अघि बढाउने रहेको छ ।

चीनको प्रशासनलाई नयाँ वर्षसँगै चीनमा रहेका विदेशी धर्मगुरुहरु र धर्ममा विश्वास गर्नेहरुका धार्मिक गतिविधिलाई नियन्त्रण गर्दै चिनियाँ विशेषतासहितको धर्मको अनुरुप गतिविधि गर्न बाध्य पार्नका लागि नयाँ नियमहरु ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

नोभेम्बरको मध्यमा न्याय मन्त्रालयले ल्याएको ‘जन गणतन्त्र चीनमा विदेशी धार्मिक गतिविधिहरूको व्यवस्थापन’ को प्रावधानसम्बन्धी मस्यौदा नियमावलीमा सार्वजनिक टिप्पणी व्यक्त गर्नका लागि डिसेम्बर १७ सम्मको समय खुला गरिएको थियो । यो नै यस वर्षको पहिलो कानून बन्‍ने अपेक्षा गरिएको छ । पाँच भागमा विभाजन गरिएको यस ऐनमा ४० धारा राखिएका छन् ।

पहिलो भागको धारा १ देखि ५ सम्म मुख्यरुपमा ‘विदेशीहरू’, ‘धर्म’ र चीनमा विदेशीहरूको धार्मिक गतिविधिु जस्ता शर्तहरू परिभाषित गरिएका छन् । धारा ५ मा ‘चिनियाँ भूमिमा कुनै पनि धार्मिक गतिविधि गर्ने विदेशीहरूले चीनको कानून, नियम र प्रावधनहरुको पालना गर्नुपर्ने, चिनियाँ धर्मको स्वतन्त्रताको सिद्धान्तको सम्मान गर्नुपर्ने र चीनमा सार्वजनिक व्यवस्था र राम्रो प्रणालीको उल्लंघन गर्नु नहुनेु उल्लेख गरिएको छ ।’

नयाँ नियमको भाग १ मा राखिएको ‘चीनको धार्मिक स्वतन्त्रता’ भन्‍ने वाक्यांशको प्रयोगले देशलाई विदेशी धार्मिक प्रभावबाट मुक्त गर्ने सरकारको प्रयासलाई जोड दिन्छ । यो मुख्यतया इसाई समूहहरूलाई लक्षित गरिएको छ किनकि क्रिश्चियन भनेको सबभन्दा द्रुतरुपमा वृद्धि भइरहेको धर्म हो र पछि गएर विदेशीहरूले इसाईको रूपमा जीवन बिताउन चीनमा स्वतन्त्रता पाएका छन् ।

नयाँ नियमहरूको कार्यान्वयन भएपछि चीनले भ्याटिकनबाट चीनका ईसाईहरूको स्वतन्त्र धार्मिक स्वतन्त्रता सम्बन्धी कुनै पनि सम्भावित कदम चाल्‍नसक्ने र बिशपको खाली ठाउँ भर्ने र भ्याटिकनबाट बेइजिङमा आफ्नो प्रतिनिधित्व पाउन कुनै दबाबको सम्भावित दबावको पनि लक्ष्य राखेको छ ।

भाग ११ मा चीनमा धार्मिक गतिविधिहरू आयोजना गर्न चाहने विदेशीहरुलाई अनुमतिपत्रको लागि आवेदन दिन अनिवार्य गरिएको छ । यसले बाहिरी मिसनरीहरूले आवेदन दिँदा प्रयोग हुने प्राथमिक धार्मिक ग्रन्थहरू, उपस्थित सबैको नाम, भिसा स्थिति र राष्ट्रियता सूचीवद्ध गर्दै, सेवाको विस्तृत कार्यक्रमलगायतो विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

यसरी चीनले अन्य अल्पसंख्यकहरुको धर्म मान्‍ने अधिकारलाई पनि खुम्च्याउँदै लगेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?