२०७७, २४ पुष शुक्रवार १४:१८

माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता


प्रकाशित मिति : २०७७, २४ पुष शुक्रवार १४:१८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा.लिका ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल (Heavy and Light Commercial Vehicle) खरिदमा सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्ग प्रा.लिका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल (Heavy and Light Commercial Vehicle) खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रा.लिको तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए ।

बैंकको देशभर १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस