११ चैत्र २०७९, शनिवार

भारतविरुद्ध सिमामा लडेका देवनारायणलाई भरतले लगायो अपहरण मुद्दा !

२०७४,आश्विन,१६,सोमवार १३:०६

0
Shares

सप्तरी, १६ असोज ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उहाँका छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेर अपहरणको मुद्दा चलाएको छ ।सिमावर्ती भारतीय बजार कुनौलीबाट आफ्नो छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोहि बिषयमा बुझ्न गएका देवनारायणलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई भारतको सुपौल जिल्लाको वीरपुर थानामा राखिएको छ ।गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाँध्न आएका भारतीयको प्रतीकार गरेका यादवलाई भारतीयले निगरानीमा राख्दै आएको थिए । उनीमाथि अहिले झुठो आरोपमा अपहरणको मुद्दा लगाइएको स्थानीयको दाबी छ ।देवनारायणका छोरा अजयले भारतीय युवतीसँग हालै बिहे गरेका छन् । केटी पक्षले अपहरण गरेको भन्दै उजुरी गरेपछि बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाई छ । तर तिलाठीका बासिन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षड्यन्त्रका रुपमा लिएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार १३:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मधेश प्रदेश सरकारका नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश

काठमाडौं । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेको दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११