काठमाडौं – राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एउटा व्यक्तिको हठका कारण सिंगो संविधान, लोकतान्त्रिक व्यवस्था र शहीदहरुको त्यागमाथि कुठाराघात भएको बताएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै श्रेष्ठले पार्टीभित्र भइरहेको छलफल लत्याएर आफ्नो निरकुंश चरित्र प्रधानमन्त्रीले देखाएकोप्रति आक्रोश व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले थपे, ‘यस्तो किसीमको चरित्र र व्यवहारले संविधान अक्षरहरुको खोस्टो मात्रै हुन्छ । के सहिदले यत्तिको जागि ज्यान फालेका हुन् त ? अब कसरी सम्झिने सहिदलाई ?’
उनले एउटा पार्टीभित्रको अन्तरसंघर्षका कारण सिंगो व्यवस्थामाथि प्रहार भएकोप्रति आपत्ति जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया