काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावबाट भागेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै दाहालले त्यस्तो बताएका हुन् ।
कांग्रेस चुनावबाट भागेको र त्यसबारे कांग्रेसलाई जनताले प्रश्न गर्ने बताए । त्यस्तै अकुत सम्पती कमाउनेमा धेरै नेपाली कांग्रेसका नेताहरु नै भएकाले नेपाली कांग्रेसले त्यसबारे बोल्नुको औचित्य नरहेको टिप्पणी गरे ।
“नेपाली कांग्रेसले जनतालाई जवाफ दिनुपर्छ । तपाईहरुलाई जनताले तपाईहरुलाई प्रश्न गर्नेछन् । अकुत भ्रष्ट्राचार गरि सम्पती कमाउने धेरै काम नेपाली कांग्रेसका नेताहरु छन् ।” उनले भने ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेताहरुबाट निरन्तर असहयोग भएकाले संसद विघटन गरी ताजा जनादेश ल्याउन लागेको बताए । साथै सबै पार्टीलाई निर्वाचनमा जान आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया