जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । सत्तारुढ नेपकाको ओली समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न केही बेर अघि प्रधानमन्त्री ओली धनगढी पुगेका हुन् ।

काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज मार्फत धनगढी पुगेका ओलीले धनगढीको खुलामञ्चमा हुन लागेको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओली आउने औपचारिक जानकारी नभएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट कोहीपनि उपस्थित नभएको स्रोतले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?