काठमाडौं । अष्ट्रेलिया र भारतको बीचमा ४ टेस्टको सीरीजको तेश्रो म्याच सिड्नी क्रिकेटग्राउण्डमा भइरहेको छ । दोश्रो दिन अष्ट्रेलियाली टीमले पहिलो पारीमा ३३८ रनमा समेटिएको छ ।
जवाफमा भारतीय टीमले २ विकेट गुमाएर ८६ रन बनाएको छ । अहिले क्रिजमा कप्तान अंजिक्य रहाणे र चेतेश्वर पुजारा रहेका छन् ।
रोहित शर्माले ७७ बलमा २६ रन बनाएर आउट भएका छन् भने शुभमन गिलले १०१ बलमा ५० रन बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया