राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभा बैठक बस्दैछ ।

राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्तर्गत आज तेस्रो बैठक बस्न लागेको हो ।

आजको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६ ७७ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको बताइएको छ । आइतवारबाट राष्ट्रिय सभाको हिँउदे अधिवेशन शुरु भएको हो ।

यसअघि बिहीवार राष्ट्रिय सभा बैठक बसेको थियो । बिहीवारको बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई दिगो विकास तथा सुशासन समितिमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?