९ जेष्ठ २०७९, सोमवार

भारतविरुद्ध सिमामा लडेका देवनारायणलाई भरतले लगायो अपहरण मुद्दा !

२०७४,आश्विन,१६,सोमवार १३:०६

0
Shares

सप्तरी, १६ असोज ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उहाँका छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेर अपहरणको मुद्दा चलाएको छ ।सिमावर्ती भारतीय बजार कुनौलीबाट आफ्नो छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोहि बिषयमा बुझ्न गएका देवनारायणलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई भारतको सुपौल जिल्लाको वीरपुर थानामा राखिएको छ ।गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाँध्न आएका भारतीयको प्रतीकार गरेका यादवलाई भारतीयले निगरानीमा राख्दै आएको थिए । उनीमाथि अहिले झुठो आरोपमा अपहरणको मुद्दा लगाइएको स्थानीयको दाबी छ ।देवनारायणका छोरा अजयले भारतीय युवतीसँग हालै बिहे गरेका छन् । केटी पक्षले अपहरण गरेको भन्दै उजुरी गरेपछि बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाई छ । तर तिलाठीका बासिन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षड्यन्त्रका रुपमा लिएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार १३:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएका छन् । वीरगन्ज महानगरको मत गणना भने जारी नै रहेको

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का विद्यान्नद चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव

बारा । १६ वटा स्थानीय तह रहेको बारा जिल्लाका १४ स्थानीय तहको मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले

काठमाडौं ।  सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बरियारपट्टी गाउँपालिका प्रमुखमा जनता समाजवादी

ताजा समाचार

हेटौँडाका जनप्रतिनिधिले लिए शपथ
 २०७९,जेष्ठ,९,सोमवार ११:०५