सेञ्चुरी कमर्सियल बैंकद्वारा मस्कट सार्वजनिक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शुक्रवार आफ्नो दुईवटा मस्कट (MASCOT) सार्वजनिक गरेको छ ।

बैंकको व्यवसाय प्रवर्द्धन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट (MASCOT) सार्वजनिक गरेको हो ।

यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने बैंकले जनाएको छ ।

सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझै मद्धत पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?