दुई चिनियाँ नागरिक अपहरण गर्ने चार जना पक्राउ

काठमाडौं । गत पुस १९ गते चिनियाँ नागरिक लिउ वेइपिङ र लि जियाओनिङलाई अपहरणमा परे । तिलगंगास्थित होटल आनन्दबाट उनीहरूलाई दुई नेपालीसहित दुई चिनियाँ नागरिकको संलग्नतामा उनीहरुलाई अपहरण गरी सिन्धुपाल्चोक पुर्‍याइयो ।

अपहरण गरी सिन्धुपाल्चोकको मार्मिङ पुर्‍याइ कुटपिट गरे । त्यसपछि विषेश सूचनाका आधारमा प्रहरीले अपहरण आरोपमा चार जना पक्राउ गर्‍यो । अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक भोटेकोसीका दावा पासाङ लामा र भक्त लामा तथा चिनियाँ नागरिक ऊ चाओ र झाङ उईलाई पक्राउ गरेको छ ।

अपहरणकारीको कुटाईबाट घाइते दुबैको ललितपुर ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ । साथै, आरोपीलाई ‘अपहरण तथा शरीर बन्धक मुद्दा’मा कारबाही अघि बढाएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

उनीहरूबीच आर्थिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीको आशंका छ । साथी अपहरणमा परेपछि प्रहरीलाई चिनियाँ नागरिकले नै सूचना दिएका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?