सुशान्तलाई ड्रग्स दिएको आरोपमा पूर्व असिस्टेन्ट डाइरेक्टरलाई खोज्दै एनसीबी

काठमाडौं । बलिउड फिल्म अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतको मृत्यु केसमा अब नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले नयाँ अभियान लञ्च गरेको छ ।

सुशान्तका पूर्व असिस्टेन्ट डाइरेक्टर ऋषिकेश पवारले सुशान्तलाई ड्रग्स दिएको आरोपमा उनलाई एनसीबीले खोजी गरिरहेको हो । उनी अहिलेसम्म फरार रहेको बताइएको छ ।

NCB को ऋषिकेश पवार की तलाश (फाइल)

पहिले पनि उनीसँग सोधपुछ गरिएको थियो । ड्रग्स कारोवारीले उनको नाम लिएपछि एनसीबीले उनको खोजी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?