काठमाडौं । भारत र अष्ट्रेलियाको बीचमा ४ टेस्ट सीरीजको तेश्रो म्याच अहिले सिड्नी क्रिकेट ग्राउण्डमा भइरहेको छ । दोश्रो दिन अष्ट्रेलियाली टीम पहिलो पारीमा ३३८ रनमा समेटिएको छ ।
यसको जवाफमा भारतले टी टाइमसम्म बिना कुनै क्षति २६ रन बनाएको छ । अहिले ओपनर रोहित शर्मा र शुभमन गिल क्रिजमा रहेका छन् । अष्ट्रेलियाका स्टिव स्मिथले टेस्टमा २७ औँ शतक प्हार गरेका छन् ।
यसका साथै उनले वेस्टइण्डिजका लेजेण्ड सर गैरी सोबर्स (२६) लाई पछि पारेका छन् । त्यस्तै भारतका लागि रविन्द्र जडेजाले ४ विकेट लिएका छन् ।
The moment @stevesmith49 brought up his 27th Test century! @VodafoneAU | #AUSvIND pic.twitter.com/C7n447qoFT
— cricket.com.au (@cricketcomau) January 8, 2021
स्टिव स्मिथले २२६ बलमा १३१ रन बनाएको बेला जडेजाको बलिङमा रन आउट भए ।
सबैभनदा धेरै शतक बनाउने मालिामा उनले भारतीय कप्तान विराट कोहली बाहेक पूर्व अष्ट्रेलियाली क्याप्टेन एलन बोर्डर र पूर्व दक्षिण अफ्रिकी कप्तान ग्रीम स्मिथसँग बराबरी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया