लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट बिहीवार राती लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।

बिहीवार राती साँढे ६ बजे ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका-११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका-९ का निराजन पौडेललाई ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहीवार राती साँढे ७ बजे शिवसताक्षी नगरपालिका-१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानी गाउँपालिका-६ का २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका-१ सप्तरीका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?