काठमाडौं । टेस्लाका सीईओ एलन मस्क संसारकै सबेभन्दा धनी व्यक्ति बनेका छन् ।
उनले अमेजनका जेफ बेजोसलाई पछि पारेका हुन् । मस्कको नेटवर्थ १८८ बिलियन यूएस डलर भन्दा धेरै रहेको छ । यो अमेजनका संस्थापक जेफ बेजोसको १८७ बिलियन यूएस डलरभन्दा १ डलरले बढी हो ।
टेस्लाको शेयरमा निरन्तर वृद्धिका कारण यो उपलब्धि हात लागेको हो । इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका मालिक मस्क अब संसारकै धनी व्यक्ति बनेका छन् । यो सूचीमा ५०० अर्बपति सामेल छन् ।
२०१७ देखि जेफ बेजोस नै संसारको सबैभन्दा धनी व्यक्ति थिए ।
.@elonmusk is now the richest person in the world at $190 billion.
— Tesla Owners of Silicon Valley (@teslaownersSV) January 7, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया