संसद विघटनविरुद्ध अनेरास्ववियूको आन्दोलन : आज देशभरका सिडियो कार्यालयमा संविधान बुझाउने

काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले देशभर सिडियो कार्यालयमा संविधान बुझाउने भएको छ ।

संविधान विपरित संसद विघटन गरिएको भन्दै दोस्रो चरणको आन्दोलन गरिरहेको नेकपा प्रचण्ड-नेपाल निकट अनेरास्ववियूले आज देशभरको सिडियो कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान बुझाउन लागेको हो ।

“आज देशभर सिडियो कार्यलय मार्फत ओली सरकारलाई ‘संविधान’ बुझाउने । प्रतिगमन विरुद्धको कार्यक्रममा पार्टी र विद्यार्थीहरु संगसंगै जुट्ने ।” अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले भने ।

त्यस्तै काठमाडौंमा भने सडक विभाग अघि बिहान ११ः३० मा भेला हुन समेत कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

उनले भने, “काठमाडौंको हकमा ११:३० वजे सडक विभाग अगाडि भेला हुने जानकारी गराउद छु ।”

संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको अनेरास्ववियूले देशभर आन्दोलनको घोषणा गरिरहेको छ । यसअघि बुधवार अनेरास्ववियूले देशभर लाल्टिन बालेर सरकारविरोधी प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?