राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्षमा धनीराम शर्मा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्षको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएसँगै शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

बिहीवार (हिजो) राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उनलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

यसअघि सरकारले बैंकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

कोइराला उपप्रधान एवम् तत्कालिन रक्षा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी रहेको र राजनीतिक पहुँचका आधारमा नियुक्त गर्न लागिएको भन्दै व्यापक विरोध भएको थियो । विरोधपछि सरकारले उनलाई अध्यक्ष बनाउने आफ्नो निर्णयबाट पछि हटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?