कोरोना संक्रमण बढेपछि टोकियोमा आपतकाल घोषणा

टोकियो । कोरोना भाइरस संक्रमणको दर थप बढ्दै गएपछि जापानको राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको छ। कोरोना भाइरस नियन्त्रण गर्न एक महिनासम्म जारी रहने गरी जापान सरकारले टोकियोमा आपतकाल घोषणा गरेको हो।

टोकियोका रेस्टुरेन्ट र बारमा बेलुका ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ ।

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले स्थिति भयावह बन्न थालेकोले उच्च सतर्कता अपनाउनका लागि आपतकाल लगाउनुपरेको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अनलाइनमार्फत किनबेच गर्नेगरी व्यापार व्यवसाय सञ्चालन गर्न पनि जापान सरकारले आग्रह गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?