लण्डन । कोरोना भाइरस सङ्क्रमण तिब्र रुपमा बढ्न थालेपछि इङ्ल्याण्डका अस्पतालमा शैया अभाव भएको छ । बेलायतमा बुधबार ६२ हजारभन्दा बढीमा कोभिड १९ भएको जनाइएको छ। दक्षिणपूर्वी इङ्ल्याण्डमा कोभिड सङ्क्रमितको सङ्ख्यामा नाटकीय वृद्धि देखिएको छ। यो क्षेत्र हालै नयाँ प्रकारको कोभिड–१९ का जिवाणु पाइएको क्षेत्र हो ।
स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई साताभित्र क्षमताभन्दा बढी बिरामी हेर्नुपर्ने अवस्थामा पुग्ने प्रशासनलाई बताएको एक गोप्य स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका ।
बेलायतका अस्पतालमा भर्ना भई उपचार गराइरहेका कोभिड १९ का सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा बढी पुगेको छ। यो पहिलो चरणको सङ्क्रमणका समयको भन्दा बढी हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया