विधिवत रुपमा सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यवस्थित सत्ता हस्तान्तरणका लागि तयार भएका छन् । उनले ट्वीटरमा एक भिडियो सन्देश सार्वजनिक गर्दै विधिवत रुपमा नै बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बुधबार संसदमा भएको आक्रमणलाई उनले ‘घृणित’ भनी टिप्पणी समेत गरेका छन् । अमेरिकी संसद् भवनमा हिंसा भएको २४ घण्टापछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । हिंसामा संलग्नहरु आफ्नो देशका नागरिक हुनै नसक्ने बताउँदै उनले कानुन तोड्नेहरु कारबाहीको भागिदार हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

यद्यपी कानुनी मतमात्र गणना गरिएको सुनिश्चित गर्न आफ्नो लडाइँ जारी राख्ने पनि उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?