मौसम: सुदूरपश्चिम र प्रदेश १ मा दिनभर बादल लाग्ने

काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभावले तराईका भू-भागमा बाक्लो कुहिरो लागेको छ । हाल प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १, गण्डकी, लुम्बिनि र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ ।

आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । आज बादल हटेर आकाश खुलेकाले चिसो बढेको मौसमविद्ले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?