भेरी बस दुर्घटना अपडेट : एकको मृत्यु, एक जना अझै बेपत्ता

काठमाडौं । भेरी नदीमा आज (बिहीवार) दिउँसो बस खस्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुमन नेपालीको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

२२ वर्षीय नेपाली दाङको बबई गाउँपालिका–३ का रहेका छन् । ना५ख ७७५० नम्बरको मिनी बस दिउँसो २ः५० बजेतिर सुर्खेतको गुर्भाकोट नगरपालिका ९ मा दुर्घटना भएको हो ।

बस सडकबाट करिब दुई सय मिटर तल नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सो बसमा जम्मा तीन जनामात्र सवार रहेका थिए ।

तीन जनामध्ये एक जनाको मृत्यु भइसकेको र एक जना घाइतेको उद्दार गरी कोहलपुर अस्पतालमा रिफर गरिएको छ भने घाईतेको अवस्था गम्भीर रहेको र उनी अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । त्यस्तै बसमा सवार अर्का एक जना अझै बेपत्ता रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?