काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले नेकपा, सुदूरपश्चिम प्रदेश कमिटीका आधिकारिक सचिव र कार्यालय सचिवले पार्टीको खाता सञ्चालन गर्दा आफ्नो नामको कुप्रचार गर्नु फुटबादी पार्टी विधि मिचाहाहरूको अराजक प्रवृत्ति र उश्रृंखलता मात्र भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल मार्फत् ट्वीटरमार्फत् एक पोस्ट शेयर गर्दै आज (बिहीवार) यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, नेकपा, ‘सुदूरपश्चिम प्रदेश कमिटीका आधिकारिक सचिव र कार्यालय सचिवले पार्टीको खाता सञ्चालन गर्दा मलाई रकमको ‘अपचलन’ गरेको भनी कुप्रचार गर्दै गालिगलौज गर्नु फुटबादी पार्टी विधि मिचाहाहरूको अराजक प्रवृत्ति र उछृंखलता मात्र हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया