संविधानमा हुँदै नभएको व्यवस्था ल्याएर संसद विघटन गरे-बिडारी (भिडियो)

लोकपथ
0
Shares

काठमाडौँ– राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधानमा हुँदै नभएको व्यवस्था ल्याएर संसद विघटन गरेको भन्दै आपत्ती जनाएका छन् ।

बिहीवार बसेको राष्ट्रिय सभाको ७ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले २०४७ सालको संविधानको आधारमा संसद विघटन गर्न मिल्छ भन्दै प्रश्न गरे । “२०४७ सालको संविधान हेरेर संसद विघटन गर्ने ?” उनले भने ।

नेपालको संविधान २०७२ मा प्रधानमन्त्रीले कुनै पनि हालतमा संसद विघटन गर्न सक्ने अधिकार नभएको भन्दै संविधानको धारा ७६ र १०० लाई ब्याख्या गरेका छन् । त्यस्तै उनले संविधानमा प्रधानमन्त्रीलाई आफ्नो सनकमा कहाँ संसद विघटन गर्न मिल्छ भन्दै प्रश्न गरेका छन् ।

संसद विघटन प्रकरणले नेपाल आमाको मन रोइरहेको भन्दै बचाउँनलाई गुहार गुहार भन्दै विरोध जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?