देशविरुद्ध तानाबाना बुनेर फर्किए राजनीतिक शक्तिसङ्घर्षले कष्टकर बाटो समाउनेछ : गोकुल बाँस्कोटा

काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुल प्रसाद बास्कोटाले कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर प्रचण्ड फर्किए भने राजनीतिक शक्ति संघर्षले कष्टकर बाटो समाउने निश्चित रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट शेयर गर्दै उनले यसतो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुष्पकाल दहाल (प्रचण्ड) की धर्मपत्नी सीता दहालको उपचार सफल होस्, शुभकामना । तर कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर दाहाल फर्के भने राजनीतिक शक्तिसङ्घर्षले कष्टकर बाटो समाउने निश्चित छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?