२६ माघ २०७९, बिहीवार

बस दुर्घटनामा वडाध्यक्षसहित पाँच घाइते

२०७४,आश्विन,१६,सोमवार १२:४५

0
Shares

पोखरा, १६ असोज । कास्कीको मादी गाउँपालिकाको वडा नं १ सिल्दुजुरेबाट पोखरातर्फ आइरहेको ग१ख ४६९६ नंको बस आज दिउँसो वडा नं ६ को बाटुलेचौरस्थित बाटोमा पल्टँदा वडाध्यक्षसहित पाँचजना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार बस मालिकसमेत रहनुभएका सो गाउँपालिका वडा नं १ का वडाध्यक्ष सूर्यबहादुर गुरुङ पनि दुर्घटनामा घाइते हुनुभएको छ । घटनामा गम्भीर घाइते प्रकाश गुरुङ र चोकबहादुर गुरुङको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ भने तीनजनाको तप्राङ स्वास्थ्य चौकीमै उपचार गरिएको छ ।बसभित्र र छतमा गरी ५० यात्रु बोकेर पोखरातर्फ आइरहेको सो बस बाटुलेचौरमा आइपुगेपछि हिलाम्मे बाटोमा पल्टेको यात्रु राजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । बस पल्टेपछि चालक भागेको र केही यात्रुले बसको अगाडिपट्टिको सिसा फुटालेर यात्रुलाई बाहिर निकालेका थिए । प्रहरीले फरार चालक इन्द्र तामाङले खोजी गरिरहेको छ ।यस्तै बागलुङबाट पोखरातर्फ आइरहेको ना४ख १५९९ र पोखराबाट बागलुङतर्फ गइरहेको ग१ख ४८५९ नंको बस आज दिउँसो पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जाको घट्टेखोलामा एकापसमा ठोक्किँदा पाँचजना घाइते भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार १२:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ

काठमाडौं । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा

काठमाडौं । एस.डि प्रोमो मिडिया प्रा.लि.ले इइपिसि भारत र च्यमसन नेपाल सँगको सहकार्यमा आयोजना गर्न थालेको नेपाल मेडिकल तथा ल्याब

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।

ताजा समाचार

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द
 २०७९,माघ,२६,बिहीवार १४:२७