राष्ट्रिय गौरवको भेरी बबईमा दोस्रो चरणका काम द्रुतगतीमा शुरु

RSS
0
Shares
तस्वीर गूगल

कर्णाली । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोना महामारीकै अवधिमा दोस्रो चरणको कामहरु धमाधम अघि बढाएको छ । प्रभावित क्षेत्रकाबासिन्दालाई मुआब्जा वितरणसँगै बाँध तथा विद्युतगृह निर्माणलाई निरन्तरता दिएको हो ।

यही अवधिमा निर्धारित मिति भन्दा एक वर्ष अगावै सम्पन्न भएको सुरुङ आयोजनालाई हस्तान्तरण गरिएको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरङ ओभरसिज प्रालि ९कोभेक० ले टनेल बोरिङ मेसिन ९टिबिएम० का सहायताले निर्माण गरेको उक्त सुरुङ सिचाइँ विभागलाई हस्तान्तरण गरेको हो । अमेरिकी कम्पनीद्वारा निर्मित चालकरहित अत्याधुनिक प्रविधिको टिबिएमले २०७५ चैतमा १२ किमी २१० मिटर लामो सुरुङ निर्माण कार्य पुरा गरेको थियो । सुरुङ हस्तान्तरण गरेपनि एक वर्षसम्ममर्मत–सम्भारको काम भने कोभेकले गर्नुपर्नेछ ।

आयोजनाले प्रभावित क्षेत्रकाबासिन्दालाई मुआब्जा वितरण गरिसकेको जनाएको छ । हाल सम्म लालपुर्जा भएका ४८ परिवारले ५० कित्ता बराबरको मुआब्जा लिएका छन् । आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले प्रभावित क्षेत्रमा लालपुर्जा भएका सबैलाई मुआब्जा वितरण गरिसकेको तथा ऐलानी र फिल्डबुकमा समावेश भएकाको हकमा सरकारले निर्णय लिन बाँकी रहेको बताए । उनले जिल्ला मुआब्जा निर्धारण समितिको निर्णय अनुसार १२ करोड ३५ लाख वितरण गरिएको जानकारी दिए ।

चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजना बीच २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम नदीको बहाव फर्काउने बाँध (कफर ड्याम) को काम शुरु गरिएको छ । गतवर्ष भदौबाट थालिएको सर्ज साफ्टको १२ प्रतिशत निर्माण पुरा भएको जनाइएको छ । “साइट क्याम्पनिर्माण भइसकेको छ, क्रसर र क्रंक्रिट प्लान्ट उत्पादनकालागितयारी अवस्थामा छ,” इन्जिनियर पण्डितले भने, “बाँधस्थल चिप्लेमा छिन्चु–जाजरकोट सडकलाई ८०० मिटर जति डाइभर्सन गर्नुपर्नेछ, त्यसको तयारी पनि पुरा भइसकेको छ ।” बाँधकाकारण सडक डुबानमा पर्न सक्ने हुँदा रुट परिवर्तन गर्नुपरेको हो ।

दोस्रो चरणमा विद्युतगृह (पावर हाउस), ब्यारेज, सर्ज साफ्ट लगायतका संरचना पर्दछन् । भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेज सहितको ब्यारेज निर्माण गरिँदैछ । ११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ ।यी सबै काम शुरु गरिएको आयोजनाको भनाई छ । कम्पनीले दोस्रो चरणका सबै कार्यहरु आर्थिक वर्ष २०७९-८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ । दोस्रो चरणका संरचना निर्माणमा छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुनेछ । आयोजनाको कूल संशोधित लागत भने ३३ अर्ब १९ करोड रहेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका ५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङ मार्फत वडा नं ११ हात्तिखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । सङ्घीय सरकारले आफ्नो स्वामित्व रहने गरी भेरी बबई डाइर्भसन जलविद्युत कम्पनी स्थापना गरी शेयर बाँडफाड गरिसकेको छ । त्यस्तै, लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य रहेको छ ।

कर्णालीमा साहसिक खेल माघमा

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले माघ अन्तिम साता कर्णालीमा साहसिक खेल सञ्चालन गर्ने तयारी गरेको छ । खेलकूदको माध्यमबाट पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले साहसिक खेल प्रतियोगिता आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका प्रमुख जवाहरलाल हमालले साहसिक खेलका रूपमा जलयात्रालाई सञ्चालन गर्न लागिएको जानकारी दिए । “पर्यटक आकर्षित हुने एक प्रमुख गन्तव्य साहसिक खेल पनि हो, यस प्रकारका खेल गतिविधिले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ”, उनले भने, “मिति यकिन नभए पनि माघको अन्तिम सातासम्म प्रतियोगिता सञ्चालन गर्ने गरी आवश्यक तयारीमा जुटेका छौँ ।” मन्त्रालयले चालु आवमा साहसिक खेल सञ्चालनका लागि आठ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष साहसिक खेल सञ्चालनका लागि बजेट विनियोजन गरे पनि खर्च हुनसकेको थिएन ।

जलयात्रा खेलले नदी किनारका बासिन्दालाई आयआर्जन एवं रोजगारीमा जोड्ने मन्त्रालयको अपेक्षा छ । भेरी नदी किनारमा राजीलगायतका लोपोन्मुख जनजातिको बसोबास छ । कर्णाली र भेरी नदीमा जलयात्रा खेल प्रतियोगिता सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?