प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सरकारका काम र उपलब्धिसहितको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार आर्थिक वर्ष २०७६/०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका हुन् ।

संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ४१ बमोजिम प्रधानमन्त्रीले वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

यही क्रममा प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पनि राष्ट्रपति सामू पेश गरेका छन् ।

राष्ट्रिय सुरक्षा परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले संविधानको २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?