काठमाडौं । सुर्खेतमा बस दुर्घटना भएको छ ।
जिल्लाको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दुर्घटना भएको हो।
सुर्खेतको छिन्चु बजारबाट जाजरकोट तर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा कति जना यात्रु सवार थिए भन्ने कुरा पुष्टि भइसकेको छैन् ।
“रोडबाट भेरी नदीमा बस खसेको छ । नेपाल प्रहरीको उद्धार टोली घटनास्थलतर्फ परिचालन भइसकेको छ । बसमा कतिजना सवार थिए भन्ने कुरा पुष्टि भइसकेको छैन् ।” जिल्ला प्रहरी कार्यालय सुर्खेतले लोकपथलाई जानकारी दियो । दुर्घटना कति क्षति भयो भन्ने कुराको एकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
थप विवरण आउँन बाँकी…
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया