नेपालमा कोरोना : थप ४१२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९०३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४८३ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ ।

अहिलेसम्म नेपालमा १९ लाख ६४ हजार १६० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३४२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?