वामदेव गौतम दिगो विकास तथा सुशासन समितिमा मनोनित

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतम संसदको दिगो विकास तथा सुशासन समितिमा मनोनित भएका छन् ।

आज बसेको राष्ट्रिय सभाको सातौँ अधिवेशनको आज बसेको बैठकले गौतमलाई सुशासन समितिमा मनोनित गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम गौतमलाई मनोनित गरिएको हो ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले गौतमलाई समितिमा मनोनित गर्नका लागि सिफारिस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?