सन्दीपले लिए १ विकेट, होबार्टलाई १ सय ६८ रनको लक्ष्य

काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा सिड्नी थन्डरले होबार्ट हरिकेन्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । पर्थमा टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

सिड्नीका लागि उस्मान ख्वाजाले ४९ रन बनाए ।सिड्नीका एलेक्स रोसले अविजित ४४ रन जोड्दा बेन कटिङ ३१ रनमा अविजित रहे ।

यस्तै एलेक्स हालेसले २१ रन बनाउदा अर्जुन नैरले १५ रन बनाए ।होबार्टका डीअर्सी सर्टले ३ विकेट लिए ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए । उनले ४ ओभरमा २३ रन खर्चिएर १ विकेट लिएका हुन् ।सन्दीपले लगातार तेस्रो खेलमा विकेट लिएका हुन् । यस अघिका दुई खेलमा उनले ३ विकेट लिईसकेका छन् ।

आज दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् । लिगमा होबार्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

सिड्नी १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?