काठमाडौं । भारतका विभिन्न स्थानमा बर्डफ्लू देखापरेसँगै कृषि तथा पशुपन्छी मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले भारतसँग सीमा जोडिएका तराईका विभिन्न क्षेत्रमा उच्च सतर्कता आपनाउन आग्रह गरेको हो । मन्त्रालयले आफू मातहतका सातवटा सीमा नाका कार्यालयलाई पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो ।
भारतको मध्य प्रदेश, राजस्थान केरला, र हिमाञ्चल प्रदेशमा बर्डफ्लू पुष्टि भएपछि नेपालमा पनि उच्च सतर्कता अपनाउन मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, काँकडभिट्टा,कृष्णनगर,कैलाली र गड्डाचौकी नाकामा उच्च सकर्तकता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयले यी स्थानका प्रमुख जिल्ला अधिकारीलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार बर्डफ्लूबाट बच्न उच्च सतर्कता अपनाउनुका साथै कुखुराजन्य वस्तुको आयातमा समेत रोक लगाएको जनाएको छ । खुला सीमा कारण भारतसँग सीमा जोडिएका जिल्लाबाट बढी मात्रामा बर्डफ्लू भित्रिन सक्ने भएकाले सरकारले उच्च सतर्कता अपनाउन भनेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया