सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछ : डा. रिजाल

RSS
0
Shares

चितवन । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गरेका छन् ।

यहाँ आज (बिहीवार) पत्रकारसँग कुरा गर्दै डा. रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गरेका हुन् ।

उनले भने, “सर्वोच्च अदालतले त्यसभन्दा बाहिर गएर निर्णय गर्न सक्दैन भन्ने कुरामा हामी ढुक्क छौँ । मुलुक अहिले निर्बाचनको बाटोमा जाँदैन ।” संविधानलाई लयमा ल्याएपछि प्रतिनिधिसभा स्थापना गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा पार्टी केन्द्रीय सदस्य डा रिजालले आगामी फागुनमा कांग्रेसको महाधिवेशन सम्भव नरहेको बताउनुभयो । संविधानले दिएको अधिकार प्रयोग गरी त्यसपछिको ६ महिनामा पार्टीको महाधिवेशन गरिने उनको जिकिर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?