प्रधानमन्त्री ओलीको कार्यशैलीले नै पार्टी विभाजन भयो : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा विभाजन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण भएको बताएका छन् ।

आज राष्ट्रिय सभामा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले त्यस्तो बताएका हुन् । आफूले प्रधानमन्त्रीलाई धेरैपटक सम्झाएको र सुझाव दिएको तर प्रधानमन्त्रीले त्यसलाई वेवास्ता गरेको समेत बताएका छन् ।

“प्रधानमन्त्रीको कार्यशैलीले नै पार्टी विभाजनको अवस्था आएको हो । मैले उहाँलाई धेरैपटक सुझाव दिए । कति मेरा पिडाहरु कति ग्रहण गर्नु भो कति मैले गर्नुभएन ।” उनले भने ।

यसपटक प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा कसैले पनि थाहा नदिएको समेत बताएका छन् । यसअघि पनि अविश्वासको प्रस्ताव लैजाने पार्टीका नेताहरुले भनेपनि आफूले पटक पटक त्यसलाई निस्तेज गरेको दाबी गरेका छन् । “मैले अविश्वासको प्रस्तावलाई निस्तेज गराएको थिए । अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोथिएन ।” उनले भने ।

राष्ट्रिय सभामा उभिएर बोल्दै गर्दा आफू खुसी हुन नसकेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?