१५ असार २०७९, बुधबार

बस दुर्घटनामा वडाध्यक्षसहित पाँच घाइते

२०७४,आश्विन,१६,सोमवार १२:४५

0
Shares

पोखरा, १६ असोज । कास्कीको मादी गाउँपालिकाको वडा नं १ सिल्दुजुरेबाट पोखरातर्फ आइरहेको ग१ख ४६९६ नंको बस आज दिउँसो वडा नं ६ को बाटुलेचौरस्थित बाटोमा पल्टँदा वडाध्यक्षसहित पाँचजना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार बस मालिकसमेत रहनुभएका सो गाउँपालिका वडा नं १ का वडाध्यक्ष सूर्यबहादुर गुरुङ पनि दुर्घटनामा घाइते हुनुभएको छ । घटनामा गम्भीर घाइते प्रकाश गुरुङ र चोकबहादुर गुरुङको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ भने तीनजनाको तप्राङ स्वास्थ्य चौकीमै उपचार गरिएको छ ।बसभित्र र छतमा गरी ५० यात्रु बोकेर पोखरातर्फ आइरहेको सो बस बाटुलेचौरमा आइपुगेपछि हिलाम्मे बाटोमा पल्टेको यात्रु राजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । बस पल्टेपछि चालक भागेको र केही यात्रुले बसको अगाडिपट्टिको सिसा फुटालेर यात्रुलाई बाहिर निकालेका थिए । प्रहरीले फरार चालक इन्द्र तामाङले खोजी गरिरहेको छ ।यस्तै बागलुङबाट पोखरातर्फ आइरहेको ना४ख १५९९ र पोखराबाट बागलुङतर्फ गइरहेको ग१ख ४८५९ नंको बस आज दिउँसो पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जाको घट्टेखोलामा एकापसमा ठोक्किँदा पाँचजना घाइते भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार १२:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आज विभिन्न कार्यक्रम गरी आठौैँ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी

काठमाडौं । विज्ञहरूका अनुसार मोटोपना क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा

काठमाडौं । के तपाईँ धेरै अग्लो हुनुहुन्छ ? एउटा पछिल्लो अध्ययनलाई विश्वास गर्ने हो भने अग्ला मानिसलाई स्वास्थ्यसम्बन्धी दर्जनौँ समस्याको

काठमाडौं । व्यायाम कुन समयमा गर्ने भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ । प्रायः सबैले बिहानको समयमा व्यायाम गर्छन् । तर,

ताजा समाचार