मार्मिक फोटो कथा !

काठमाडौं । न्युज रुममा फेसबुक स्क्रोल गर्दै थिएँ । झट्ट एउटा तस्वीर देखेँ ।

हतारहतारमा स्क्रोल गरिरहेकाले त्यो फोटोमा के छ स्पष्ट देखेको थिइनँ । तर जे होस् मोटरसाइकल थियो ।

जति देखेँ त्यही पर्याप्त थियो मेरो ध्यानाकर्षण गर्नलाई । एकछिन रोकिएर तस्वीर मज्जाले हेरेँ । निकै मार्मिक लग्यो । हुन त सबैको आफ्नो आफ्नो च्वाइस हुन्छ । मोटरसाइकलप्रति धेरै नै लगाव भएकाले होला त्यो तस्वीरले मेरो ध्यान खिचेको हुनसक्छ ।

तस्वीरमा एउटा बालक साइकलमा हुन्छ र एउटा केटा मोटरसाइकलमा । यो तस्वीरले समाजमा आजपनि कहीँ कतै मानवता छ भन्ने दर्साउँछ । किनभने प्रायः युवाहरू त आफूसँग राम्रो कार वा बाइक भयो भने साइकल चढ्नेलाई मत्लव गर्दैनन् । तर, तस्वीरमा केही भिन्न दृश्य देखिन्छ ।

यो तस्वीरमा साइकल चलाउने बालकले बाटोमा बाइक जाँदा फर्केर हेरेको देखिन्छ । सायद ती बालक सोच्दै थिए ‘म पनि ठूलो भएपछि यसैगरी बाइकमा हिँड्छु ।’ बाइक चालकले पनि ती बालकको मनोभाव बुझेर उसलाई आफ्नो बाइकमा बस्न दिन्छन् र आफू साइकलमा चढ्छन् ।

बाइकमा चढेपछि ती बालक निकै नै खुशी भएको देखिन्छ ।

हेर्नुहोस् तस्वीर : 

तस्वीर : सामाजिक सञ्जाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?