कैलालीमा मन्त्री चौधरीलाई कालो झण्डा

टेक सिँह धामी / धनगढी ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कैलालीको घोडाघोडी नगरपालिकाको १ सुखडमा कालो झण्डा देखाइएको छ ।

अनेरास्ववियू कैलालीले मन्त्री चौधरीलाई बिहीवार बिहान कालो झण्डा देखाएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा मन्त्री चौधरीलाई प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववीयूका विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।

अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

संसद विघटन भएपछि चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?