चोरीका मोटरसाईकल चलाउने धादिङका २ युवक पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेबाट राजन मगर र राजन तामाङले चलाइरहेको मोटरसाईकलसहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

धादिङको निलकण्ठ नगरपालिका -९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ को राजन मगर र थाक्रे गाउँपालिका वडा नं १ देवीस्थान बस्ने वर्ष २१ को राजन तामाङ सवार बा ९२ प ७६३० नम्वर कालो रातो रङको २२० सी.सी.को पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं। प्रदेश ३(०२(०१२ प ९८३५ खुल्न आएको छ ।

उक्त नम्बरको मोटरसाईकल मिति मंसिर २६ गते साँझा ७ बजेको समयमा सोह्रखुट्टेबाट हराएको थियो ।

खोज तलास गरी पाउँ भन्दै ट्राफिक महाशाखामा पर्सा ठोरी गाउँपालिका-९ बस्ने पूर्ण बहादुर थापाले दिएको हुलिया निबेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?