२१ जेष्ठ २०८०, आईतवार

एमालेले तोक्यो उमेद्वार सिफारिसको लागी कार्यतालिका

२०७४,आश्विन,१६,सोमवार १२:३८

0
Shares

काठमाडौ, १६ असोज । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा ९एमाले० का सबै निर्वाचन क्षेत्रीय कमिटीले नाम सिफारिस प्रक्रिया शुरु गरेका छन् । पहिलोपटक आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यही असोज १६ र १७ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक गरी जिल्ला कमिटीमा नाम सिफारिस गर्ने एमालेको कार्यतालिका छ ।यही असोज १० मा बसेको स्थायी कमिटीको बैठकले १९ र २० मा जिल्ला कमिटीको बैठक बसी प्रदेश कमिटीमा ती नाम पठाउन र प्रदेश कमिटीले असोज २२ र २३ गते बैठक गरी २३ गतेभित्र पार्टी कार्यालयमा नाम दिन एमाललेले निर्देश गरेको थियो । ती नामबारे अन्तिम टुंगो लगाउन असोज २६ र २७ गते स्थायी कमिटीको बैठकले टुंगो लगाउने जनाइएको छ ।स्थायी कमिटीको यही असोज १५ गतेको बैठकले अन्य वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिसँग तालमेलसमेत गर्ने निर्णय भएकाले त्यसबारे अन्य दलको प्रतिक्रिया आउन बाँकी रहेको स्थायी कमिटीका सदस्य शंकर पोखरेलले बताउनुभयो । चुनावी तालमेलबारे छलफल गर्न नेकपा ९माओवादी केन्द्र० ले आज पदाधिकारी बैठक बोलाएको छ ।एमाले प्रदेश नं ३ का प्रचार विभाग प्रमुख एवं उपत्यका इञ्चार्ज सानुकुमार श्रेष्ठले प्रतिनिधि सभा र प्रदेश सभाका लागि पार्टीको नयाँ संरचनाअनुसार गठित क्षेत्रीय कमिटीले औपचारिक बैठक गरी जिल्लामा नाम पठाउन प्रक्रिया शुरु भएको बताउनुभयो । उहाँले तालमेलका विषयमा केन्द्रबाट निर्णय हुने भएकाले हाल क्षेत्र र जिल्लाबाट आवश्यक संख्यामा सबै नाम सिफारिस हुने जानकारी दिनुभयो ।पार्टीले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई यो वर्ष अन्य निर्वाचनमा उम्मेदवार नबनाउने नीति दिएको छ तर विशेष स्थितिमा महिलाको हकमा केही उम्मेदवार दोहोरिन सक्नेछ । उम्मेदवार चयन गर्दा पार्टीप्रति प्रतिबद्ध, निष्ठावान, भ्रष्टाचार र नैतिक पतनमा संलग्न नभएको, जनताको मन जित्न सक्ने, लोकप्रिय, संसदीय दृष्टिकोणमा रुचि र ज्ञान भएको, समावेशीता तथा भौगोलिक सन्तुलनलाई ध्यान दिनेलगायतका मापदण्ड तय गरिएको छ । एमालेले यही असोज २९ गते संघ र प्रदेशको समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेश गर्ने जनाएको छ । रासस

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार १२:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेश

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१