ट्वीटर, फेसबुक र इन्स्टाग्रामले किन ब्लक गर्यो ट्रम्पको अकाउण्ट ? दियो परमानेन्ट बन्द गर्ने चेतावनी

काठमाडौं । अमेरिकी संसद परिसरमा अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्प समर्थकले गरेको हिंसामा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । जसमध्ये एक महिला रहेको बताइएको छ ।

बुधवार अमेरिकी राष्ट्रपतिको अन्तिम चुनाव नतिजा सार्वजनिक गर्नु पहिल्यै ट्रम्प समर्थकले संसदमा पसेर तोडफोड गरेका थिए । उनीहरुले ट्रम्प नै अमेरिकाको राष्ट्रपति हुनुपर्ने र यो चुनावमा धाँदली भएको भन्दै चुनावको मतपरिणाम सार्वजनिक नगर्न भनेका थिए । यसैबीच राष्ट्रपति ट्रम्पको ट्वीटर, फेसबुक र इन्स्टाग्राम अकाउण्ट ब्लक भएको छ ।

सोसल मिडिया साइट्सले उनको एक भिडियो विवादित भएको भन्दै उनको अकाउण्ट्स ब्लक गरिदिएको हो । साथै भविष्यमा पनि यसतो काम गरे अकाउण्ट परमानेन्ट ब्लक गरिदिने चेतावनी दिएका छन् ।

ट्वीटरले ट्रम्पको विवादित बयानसँग जोडिएका ३ ट्वीट हटाएको छ । यो भन्दा पहिला फेसबुक र यूट्यूबले ट्रम्पको भिडियो रिमूभ गरेको थियो । क्यापिटल हिलको हिंसापछि ट्रम्पले ट्वीटरमा १ मिनेटको भिडियो पोस्ट गरेका थिए ।

जसमा उनले आफ्ना समर्थकलाई भनेका छन्, ‘मलाई थाहा छ कि, हामीबाट चुनावको नतिजा छिनिएको छ, यो पटक चुनावमा धोका भएको छ,तर हामी उनीहरुको हातमा खेल्न सक्दैनौँ, हामीले शानित राख्नुपर्छ, घर फर्किनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?