ट्रम्प समर्थकको हिंसामा महिलाको मृत्यु

काठमाडौं । अमेरिकी संसदको बाहिर र भित्र राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थको हिंसामा एक महिलाको निधन भएको छ ।

उनको पुलिसको गोलीले निधन भएको बताइएको छ । तर उक्त गोली पुलिसले नै चलाएको हो वा होइन भन्ने बारेमा पुष्टि भने भइसकेको छैन ।

बुधवार राष्ट्रपतिका लागि अन्तिम नतिजा सुनाउनु भन्दा पहिल्यै ट्रम्पका समर्थकले निर्वाचनको मतपरिणाम रोक्न भन्दै संसद भित्र पसेर हंगामा मच्चाएका थिए । उनीहरुले यो चुनाव धाँदली भएको र ट्रम्पलाई नै अमेरिकाको सत्ता सम्हाल्न दिनुपर्ने माग राखेका थिए ।

अहिलेसम्म हिंसामा परेर ज्यान गुमाउनेको संख्या ४ पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?